Section 5B
सेवा प्रणालीको स्वामित्व हस्तान्तरण गर्न सकिने

५ख.१ यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले यस ऐन बमोजिम संस्थानले सञ्चालन तथा व्यवस्थापन गरिरहेको कुनै क्षेत्रको सेवा प्रणाली बोर्डमा हस्तान्तरण गराई खानेपानी तथा ढल निकासको समुचित व्यवस्था गर्न उचित र आवश्यक देखेमा त्यस्तो क्षेत्रको सेवा प्रणालीको स्वामित्व सो बोर्डमा हस्तान्तरण गर्न गराउन सक्नेछ ।
५ख.२ उपदफा ५ख.१ बमोजिम सेवा प्रणालीको स्वामित्व हस्तान्तरण गर्दा गराउँदा नेपाल सरकारले त्यसरी स्वामित्व हस्तान्तरण गरिएको सेवा प्रणाली र सोसँग सम्बन्धित सम्पत्ति तोकिए बमोजिम मूल्याङ्कन गरी त्यस्तो सेवा प्रणालीको मूल्य बराबरको दायित्व समेत त्यस्तो बोर्डमा सारी दिन सक्नेछ ।
५ख.३ उपदफा ५ख.१ बमोजिम सेवा प्रणालीको स्वामित्व हस्तान्तरण भएमा सम्बन्धित क्षेत्रमा खानेपानी उपलब्ध गराउने तथा ढल निकास सम्बन्धी काम, सेवा प्रणालीको मर्मत सम्भार, संरक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी त्यसरी स्वामित्व हस्तान्तरण गरिलिने बोर्डको हुनेछ ।